सिन्धुपाल्चाेक बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे, २० जनाकाे उद्धार
  • https://i0.wp.com/bisuonline.com/wp-content/uploads/2019/11/safe_image-1-1.jpg?resize=540%2C281&ssl=1

    सिन्धुपाल्चाेक बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे, २० जनाकाे उद्धार

    सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ६ पुगेकाे छ ।

    दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकुटेबाट सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बसमा ३० देखि ४० जना यात्रु रहेका थिए । अहिले उद्धारको काम भैरहेको छ । २० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।