राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ  ।
  • https://i0.wp.com/bisuonline.com/wp-content/uploads/2019/06/neb-2662019080628-1000x0.jpg?resize=764%2C450&ssl=1

    राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ  ।

    राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो  ।

    वि सं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।

    नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् ।

    यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।

    यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् ।

    यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् ।

    यसैगरी डी  छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।