युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ
  • https://i2.wp.com/bisuonline.com/wp-content/uploads/2019/06/images-2.jpg?resize=300%2C168&ssl=1

    युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ

    काठमाडौँ — आफूलाई धर्ती माता बताउँदै भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिने विष्णु कुँवरलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

    बुटवल बस्ने कुवरले आफूलाई तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही समय अघि भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरीले उनको खोजी गरेको थियो।

    उनलाई शुक्रबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।

    गत वर्ष मंसिर ११ मा उनले बुटवल ११ का विष्णु थापा र उनकी आमा झविमाया शिरिषमाथि धारिलो हतियार प्रयोग गरेकी थिइन्। उक्त घटना प्रहरी कहाँ पुगे पनि माताको दाबावमा पीडितहरुलेउजुरी फिर्ता लिएका थिए।
    gupta gyan