नाटकीय गणतन्त्र, अधिनायकवादको खतरा र समाजवादी क्रान्तिको बाटो
  • https://i1.wp.com/bisuonline.com/wp-content/uploads/2019/07/images-3.jpg?resize=308%2C164&ssl=1

    नाटकीय गणतन्त्र, अधिनायकवादको खतरा र समाजवादी क्रान्तिको बाटो

    आजभोलि सबैले यो व्यवस्थामाथि खतरा रहेको कुरा उठाउन थालेका छन् । यो बारेमा केही समयअघि स्वयं प्रधानमन्त्रीले पनि टिप्पणी गरिसक्नुभएको छ । प्रधानमन्त्रीकै भाषा शैलीमा मैले टिप्पणी गर्न सक्दिनँ । हामी सबैलाई थाहा छः हाम्रो प्रधानमन्त्री जस्तो ठट्यौला र गैरजिम्मेवार बोली बोल्ने विश्वमा अरु कोही छैन होलान् । अतः प्रधानमन्त्रीले किन लोकतन्त्रमाथि खतरा छ भन्ने कुरा बोल्नुभयो, त्यतातिर जान चाहन्नँ ।

    तर स्वयं म पनि मुलुकमा ठूलो अस्थिरता र अनर्थको संकेत देखिरहेको छु । यो राज्य व्यवस्थामाथि खतरा हुन सक्ने संकेत केही दिनअघि मैले रातोपाटीमार्फत् नै पनि गरेको थिएँ ।

    गणतन्त्र पनि नाटकीय रुपमा आयो

    गणतन्त्रको घोषणा भएको १२ वर्ष बितिसकेको छ । तद्अनुसार संविधान बनेर संघीयतामा मुलुक अघि बढिसकेको छ । तर पनि ख्याल गर्नैपर्ने कुरा के हो भने, नेपालमा गणतन्त्र आउनु साँस्कृतिक दृष्टिकोणले सानो कुरा थिएन । राजा हिँडेको ठाउँमा राजाको पैतालाको माटो टिपेर शिरमा लगाउँदा पवित्र हुन्छ भन्ने देश हो नेपाल । राजा विष्णुका अवतार हुन्, विष्णुले अर्को विष्णुको दर्शन गर्नु हुँदैन भन्ने मान्यता राखिइन्थ्यो कुनैबेला । त्यसैले कुनै–कुनै मन्दिरमा राजा घुम्न जाँदैन थिए ।

    यस्तो आस्था, विश्वास र संस्कार राखिने देश नेपालमा  गणतन्त्र पनि नाटकीय रुपमा आयो । राजा वीरेन्द्रको वंशविनाश हुने,  उनको स्थानमा ज्ञानेन्द्र आउने, कसैले पत्याए पनि नपत्याए पनि राजा वीरेन्द्रका हत्यारा ज्ञानेन्द्र हुन् भनेर बाटोमा पर्चा लिएर हल्लाउने काम पनि भएको थियो । नारासमेत लाग्दा ‘यस पटकको हैजा ज्ञानेन्द्रलाई लैजा’ समेत भनिएको थियो ।

    गणतन्त्रका लागि मानसिक र भौतिक  तयारी चाहिन्थ्यो । अझ भनौं सिंगो समाजले त्यसलाई ग्रहण गर्न सक्ने खालका विचारधारात्मक तयारी चाहिन्थ्यो । तत्कालीन नेकपा माओवादीले गणतन्त्रको कुरा गरेको थियो । माओवादी पनि जनवाद ल्याउन सकिएन, गणतन्त्र नै सही भन्ने अर्थमा सम्झौता गरेर त्यहाँ आइपुगेको थियो । यस्तो परिस्थितिबीच गणतन्त्रका बारेमा जति छलफल, वादविवाद, विमर्श हुनुपर्ने थियो, त्यो हुन सकेन । गणतन्त्र मुलुकका लागि चाहिएको छ कि छैन ? चाहिएको छ भने किन चाहिएको छ ? भन्ने कुरामा आमरुपमै व्यापक बहस हुनुपथ्र्यो । म पनि गणतन्त्रको प्रारम्भिक पक्षधर हुँ । पार्टी गणतन्त्रमा नजाँदा पनि नेपालमा गणतन्त्र चाहिन्छ भन्ने मान्छे हुँ । संघीयता चाहिन्छ भन्ने हामीहरु नै हौँ । तर हामीहरुबीच सामाजिक विमर्श, राजनीतिक विमर्श, राष्ट्रिय विमर्श हुनुपथ्र्याे, त्यो गर्न पाएर्नौँ । अर्को कुरा सदनमा समेत गम्भीर वार्ता भएन ।

    गणतन्त्र र संघीयताका बारेमा सघन विमर्श नहँुदा यतिबेला त्यसको पराकम्पन गइरहेको छ । २०७२ सालमा गएको भूकम्पका कारण अहिले पनि बेला बेला कम्पन आइरहेका हुन्छन् । त्यस्तै संघीयता र गणतन्त्र पनि मुलुकमा नाटकीय रुपमा आउँदा त्यसले कम्पन ल्याइरहेको छ । त्यो कम्पनमा राजावादीहरु, परम्परावादी शक्तिहरुले खेल्ने कोशिश गरिरहेका छन् ।

    कम्युनिष्ट सरकारः  राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्र तरंगित

    समाजको विकासको स्तरलाई  धेरै हदसम्म भौतिक परिस्थितिले नियन्त्रण गर्छ । भौतिक परिस्थिति आफैमा  निर्माण हुँदैन । भौतिक परिस्थितिले विस्तारै मानिसलाई  सर्जक र चिन्तनशील बनाउँछ । त्यो सर्जकता र भौतिक परिस्थिति हातोमालो गरेर द्वन्द्वात्मक सम्बन्धको निर्माण हुन्छ ।  चेतनाले भौतिक अवस्थालाई प्रभावित गर्छ,  त्यो भौतिक अवस्थाले चेतनालाई प्रभावमा पार्छ । जब युरोपमा एकातिर पूँजीवाद आयो, अर्कोतिर हब्ल, रुसो,  हेगल, माक्र्स जस्ता चिन्तकहरु पनि आउनु त्यसैको द्योतक हो ।

    हाम्रो यहाँ राजनीतिक परिवर्तन फटाफट  भयो, कु भए जस्तै  भयो । कु नै त नभनौं, तर कु जस्तै तरिकाले भयो । त्यो कु भीमसेन थापा वा माथवरसिंह थापाको सट्टा जंगबहादुरको उदय भए जस्तो खालको थिएन । यो त आधारभूत सामाजिक आर्थिक, साँस्कृतिक रुपान्तरणको लागि भएको कु थियो । त्यसलाई संस्थागत गर्ने, दीगो बनाउने काम र प्रयत्नहरु गम्भीर ढंगले हुनुपथ्र्यो । तर त्यो काम हामीले गरेनौँ ।

    यतिखेर अमेरिका र युरोपको नेतृत्वमा अगाडि बढिरहेको  ‘स्वतन्त्र विश्व’ भनिने गरिएको संसारमा एउटा अन्धविश्वास छ । त्यो भनेको संसारकै सबैभन्दा ठूलो व्यवस्था संसदीय व्यवस्था हो, बहुदलीय व्यवस्था हो भन्ने छ । उनीहरुले भनेको त्यो व्यवस्थालाई हामी बुर्जुवा पूँजीवादी व्यवस्था पनि भन्ने गर्छौं ।  तर म संसारमा एउटै खालको व्यवस्था मात्रै  चाहिन्छ भन्ने पक्षमा छैन । कम्युनिष्ट नै चाहिन्छ वा बुर्जवा नै चाहिन्छ भन्ने पक्षमा पनि म छैन । तर आजको यथार्थता के हो भने कम्युनिष्ट शक्तिको पराजयपछि र चीनको विपत्तीकरणपछि अमेरिका अगाडि छ ।

    नेपालमा चाहिँ कम्युनिष्ट भन्नेहरुको शासन छ ।  कम्युनिष्ट अर्थात् सर्वहारावर्गको शासन । ओलीको वा नेकपाको  सत्तारोहणले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा तरंग ल्याएको छ । मैले यहाँ आशंका देखिरहेको छु  । थोरै तलमाथि भयो भने विश्व लोकतन्त्रको जिम्मा लिएर बसेको, ‘दादा’ बनेको डोनाल्ड ट्रम्पदेखि मोदीले हस्तक्षेप गर्न सक्ने वातावरण छ ।

    दुई तिहाई प्राप्त गरेको सरकारको सिद्धान्त र नीतिबारे यतिखेर प्रश्नहरु उठ्ने गरेको छ । तत्कालीन नेकपा एमाले र त्योभन्दा पनि धेरै हदसम्म तत्कालीन माओवादीलाई बुर्जुवा राजनीति वा संसदीय राजनीतिमा साँच्चै  मन पग्लेको हो त ? साँच्चै विचारमा परिवर्तन आएको हो त ? साँच्चै यस पार्टीका शीर्षस्थ नेता तथा कार्यकर्तालाई  व्यक्तिको स्वतन्त्रता नै समाजवादी समाजको सबैभन्दा केन्द्रीय तत्त्व हो भन्ने लागेको हो ? आजको ज्वलन्त प्रश्नहरुमध्येका प्रमुख प्रश्नहरु यिनीहरु पनि हुन् ।

    हामीले युरोपबाट सिकेको प्रजातान्त्रिक समाजवादको नेपालको हकमा त कमजोरी नै कमजोरी छ । बीपी कोइरालाले  प्रजातान्त्रिक समाजवादको धेरै हदसम्म वकालत गर्नुभयो । पछि आएर उहाँमा परिवर्तन आयो र नेपालमा समाजवाद चाहिन्छ भनेर आफ्नै मौलिक विचार निकाल्नुभयो । उहाँले लोहियादेखि अमेरिकासम्म थुप्रैबाट सिक्नुभयो । तर त्यसको राम्रो कुरा के छ भने उहाँले व्यक्तिको स्वतन्त्रता नै समाजको केन्द्रविन्दु हो, त्यसमा कुनै सम्झौता गर्नु सकिँदैन भन्नुभयो ।


    क्रान्तिको लामो प्रक्रिया हुन्छ र त्यो प्रक्रियाले जीवनको हरेक पक्षलाई स्पर्श गर्नुपर्छ । हाम्रो कला, संगीत, संवेदना, साँस्कृतिक चिन्तन, परिवारलाई हेर्ने दृष्टिकोण लगायतमा पनि परिवर्तन आउनुपर्छ । यो भनेको त लोग्नेले स्वास्नीलाई हेर्ने वा स्वास्नीले लोग्नेलाई हेर्ने दृष्टिकोण नै पनि फेर्ने कुरा हो । बाउआमालाई हेर्ने दृष्टिकोण फेर्ने कुरा हो । राजधानीमा घरजग्गा जोड्नैपर्ने, निजी सम्पत्ति राख्नैपर्ने मोह र असुरक्षाको भावनालाई बोक्ने संस्कृतिमा समेत परिवर्तन ल्याउने कुरा हो ।  क्रान्ति भनेको प्रधानमन्त्री वा लोकसेवा आयोगको सचिव फेर्ने कुरा मात्रै पनि होइन ।


    हिंसा र क्रान्तिको बाटो

    समाज विकास, क्रान्ति वा परिवर्तनको नाउमा दुईचार जना मारिन्छन्, त्यो कुनै ठूलो कुरा होइन भन्ने चिन्तन पनि यतिखेर नेपाली समाजमा जब्बर रुपमा उपस्थित छ । प्रचण्डजीलाई छाडौं, अहिले विप्लव र उनको नेतृत्वका पार्टीका नेताहरुले यो विचार बोक्ने गर्छन् । सुत्केरी हुँदा रगत बग्छ बग्छ नि भन्ने चिन्तन १० वर्षसम्म माओवादी नेताहरुमा र त्यसअघि ३० वर्षसम्म एमाले नेताहरुमा पनि कुनै न कुनै रुपमा थियो । यो चिन्तन अझै बलियो चिन्तनको रुपमा उपस्थित छ । त्यसलाई त्यसै खारेज गरिहाल्न म चाहन्नँ । राजनीतिक क्रान्तिको इतिहासमा, मार्क्सले भनेझैं, कतिपय पटक रक्तपातले धाई वा सुँडेनीको काम गर्छ । इंग्ल्याण्ड, चीन, अमेरिका, फ्रान्स लगायतका ठाउँहरुमा भएका क्रान्ति, संघर्ष र परिवर्तनहरु रक्तपातपूर्ण नै थिए ।

    तर प्रश्न उठ्छः त्यो मात्रै इतिहास वा क्रान्तिको बाटो हो त ? एक्काइसौं शताब्दीका समाजवादीहरुले गम्भीरतापूर्वक सोच्नु र चिन्तन मनन गर्नु जरुरी भइसकेको छ । दुनियाँमा त्यो सोचिँदै पनि छ । आजको मितिमा आफूलाई क्रान्तिकारी भन्ने, अब यो बन्दूकको लडाइँ काम लाग्दैन भन्ने ठूलो जमात छ । साथसाथै, संसदीय प्रजातन्त्र काम लाग्दैन, बुर्जुवा प्रजातन्त्रले कहिल्यै पनि आधारभूत परिवर्तन गर्न सक्दैन भन्ने अनि एक रातमा क्रान्ति गरेर दश दिनमा सत्ता कब्जा गर्ने लेनिनले अपनाएको पद्दतिबाट अबको विश्वमा क्रान्ति हुँदैन भन्ने मान्यता पनि बलियोसँग स्थापित छ ।

    क्रान्तिको लामो प्रक्रिया हुन्छ र त्यो प्रक्रियाले जीवनको हरेक पक्षलाई स्पर्श गर्नुपर्छ । हाम्रो कला, संगीत, संवेदना, साँस्कृतिक चिन्तन, परिवारलाई हेर्ने दृष्टिकोण लगायतमा पनि परिवर्तन आउनुपर्छ । यो भनेको त लोग्नेले स्वास्नीलाई हेर्ने वा स्वास्नीले लोग्नेलाई हेर्ने दृष्टिकोण नै पनि फेर्ने कुरा हो । बाउआमालाई हेर्ने दृष्टिकोण फेर्ने कुरा हो । राजधानीमा घरजग्गा जोड्नैपर्ने, निजी सम्पत्ति राख्नैपर्ने मोह र असुरक्षाको भावनालाई बोक्ने संस्कृतिमा समेत परिवर्तन ल्याउने कुरा हो ।  क्रान्ति भनेको प्रधानमन्त्री वा लोकसेवा आयोगको सचिव फेर्ने कुरा मात्रै पनि होइन ।

    हुन सेनको बाटो र अधिनायकवादको खतरा

    एकदलीय राज्य व्यवस्थाको प्रश्न कम्बोडिया, भितनाम वा चीनको कुरा मात्र होइन । युवा नेता गगन थापाले केही समयअघि जुन संकेत गर्नुभयो, त्यसमा म सहमत छु । तर प्रश्न हुन सेन वा कम्बोडियाको पनि होइन । यतिखेर सबैभन्दा ज्यादा अमेरिकामा मानिसले खतरा महसूस गरिरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएर आए भने मुलुक कता जान्छ ? अमेरिकामा मात्र होइन युरोपका अधिकांश देशमा यो कुरा आइरहेको छ । चुनाव भने हुने, मोटामोटी झट्ट हेर्दा कानुनको शासन पनि हुने तर राज्य व्यवस्था एउटा व्यक्ति, समूह र दलको नियन्त्रणमा रहने स्थितिले अधिनायकवाद आउने त हैन भन्ने प्रश्न उठिरहेको छ । त्यसै गगन थापाले लगाएको आरोप निराधार छैन । तर त्यसको उदाहरण कम्बोडियाको मात्र दिनुपर्दैन । यहाँ त सम्भावना अमेरिकामा आउँछ कि भन्ने पनि छ । भारतमा पो आउँछ कि भन्ने पनि हो । अमेरिका र भारतमा अधिनायकवाद उदाउँदा नेपालमा त्यसको प्रभाव पर्छ नै । त्यसका आधार पनि छन् । प्रधानमन्त्री ओलीको, प्रधानमन्त्री मोदीको र राष्ट्रपति ट्रम्पको मानसिकता मात्रै मुख्य कुरा होइन । एउटा कारण मानसिकता त हो तर प्रमुख कारण त्यही मात्रै होइन ।


    एकांगी राष्ट्रवादको दुन्दुभि र महेन्द्रपथको खतरा

    दक्षिणपन्थी शक्तिले गणतन्त्रलाई ‘हाइज्याक’ गर्ने खतरा

    राष्ट्रवाद नेपालमा मात्र होइन विश्वमै अनर्थको विषय हो (भाग १)

    ‘युरोपियन सभ्यताको चिहानमा राष्ट्रवादको जन्म भएको हो’ (भाग २)


    प्रमुख आधारका कुरा गर्दा युरोप अमेरिकातिर एकछिन हेरौं । अमेरिका सबै प्रवासीहरुको देश हो । मुलबासिन्दा कोही पनि मूलधारमा छैनन् । आजको अमेरिकामा आदिवासीहरुलाई घेरेर राखिएको छ । अमेरिकामा जर्मनी, इङल्यान्ड, अष्ट्रलिया र इटालीलगायतका देशबाट गएकाहरुले हालीमुहाली चलाएका छन् । त्यो देश नै प्रवासीहरुको देश हो । तर उनीहरुलाई नै प्रवासीसँग डर लाग्यो, तपाइँलाईँ आउन दिन्न, तपाइँलाई आउन दिन्न भनेर भिजा नै दिन्नन् । इतिहास हेर्दा पहिला अमेरिका जान भिजा नै चाहिँदैन थियो । सबै जहाज चढेर जान्थे । भन्नुको तात्मर्य प्रवासी मात्रले बनाएको देश अमेरिकामा यतिखेर प्रवासीलाई निषेध गरिँदैछ र यो मेसोमा एशियाली र मुसलमानमाथि ठूलो जातिय, नश्लीय विभेद लादिएको छ । यो एक प्रकारको नाजीवाद होइन त ? यो कुरा अमेरिकामा मात्र सीमिति छैन, व्रिटेनमा भइरहेको छ,  न्युजील्याड जस्तो सम्पन्न देशमा पनि फैलिएको छ । केही समय अघि त्यहाँको मस्जिदमा मुसलमानहरुलाई मारिएको थियो । यी पक्षबाहेक, थुप्रै अधिकारहरु, जस्तै गर्भपतन, अस्मिता, जातियता, लैङ्गिकता, सामाजिक सुरक्षाका अधिकारहरु, यी जम्मै कुराहरुमाथि अमेरिकामा संकुचन गर्न रआक्रमण गर्न खोजिँदै छ ।  यो कुरा अमेरिकारमा मात्र होइन, युरोपमा पनि छ ।

    यसको अन्तर्य भनेको यतिखेर पूँजीवाद नाङ्गो पाराले, बर्बर पाराले अगाडि आएको छ । उसलाई नाफा भए पुग्यो अरु केही चाहिएन भन्ने छ । नाफा बाहेक उसले अरु केही सोच्दैन । कम्बोडियाको मात्र हैन, भियतनाम पनि यही चक्रमा फसेको हो । त्यही चक्रमा नेपाल पनि पर्ला कि भन्ने डर छ ।

    यस्तो बेला एउटा सिद्धान्तवादी नेता अगाडि आएर खबदार हामी त्यो दिशामा कुनै हालतमा जाँदैनौं भन्न सक्नुपथ्र्यो ।  हाम्रा लागि लोकतन्त्र, नागरिक अधिकार, पे्रस स्वतन्त्रता महत्त्वपूर्ण छ । यो विरुद्धका गतिविधि गर्दा,  आज आफ्ना विरोधीहरुलाई दबाउँदा तत्काल रमाइलो लागे पनि अरुलाई खाने बाघले भोलि मलाई पनि खान्छ भन्ने बुझ्नु जरुरी छ । उदाहरणका लागि, विप्लवका नेता कुमार पौडेलका जुन हिसाबले हत्या भएको छ, हत्या गर्ने व्यक्ति जोसुकै होस्, वा पुलिसका जुनसुकै तहका व्यक्ति होस् र जसको सह वा बलमा हत्या भएको छ, त्यसले भोलि गलत परम्परा र नजिर बस्छ भन्ने हेक्का राख्नुपर्छ  । के बुझ्नु पर्यो भने एक पटक बाघको मुखमा रगत लागेपछि त्यो रोकिँदैन । त्यसले तपाईलाई पनि स्पर्श गर्छ, मलाई पनि स्र्पश गर्छ । त्यो मान्यतामा व्यक्तिको स्वतन्त्रता आधारित हुन्छ ।

    प्रधानमन्त्री बन्न पाएर ओलीको व्यक्तिगत अभिष्ट पूरा भएको छ । अब ओलीले आफूलाई प्रश्न गर्नु पर्यो : यत्तिकै लागि प्रधानमन्त्री भएको हुँ त ?


    यसै मेसोमा प्रसिद्ध जर्मन पादरी मार्टिन निमोलरले भनेका कुरा मननीय छ । उनले भनेका थिएः

    सुरुमा तिनीहरू यहुदी खोज्दै आए

    अहँ, म बोलिनँ किनभने म थिइनँ यहुदी ।

    त्यसपछि तिनीहरू कम्युनिस्टलाई पक्रन आए

    अहँ, यसपालि पनि म बोलिनँ किनभने म थिइनँ कम्युनिस्ट ।

    त्यसपछि तिनीहरू मजदूर कार्यकर्ता खोज्दै आए

    अहँ, म बोल्दै बोलिनँ किनभने म थिइनँ मजदूर कार्यकर्ता ।

    अनि त्यसपछि त तिनीहरू मैलाई लिन पो आए

    यतिन्जेल मेरा पक्षमा बोलिदिन वरिपरि कोही बाँकी थिएन ।

    व्यवस्थामाथि खतरा कोबाट ?

    व्यवस्थामाथि कोबाट खतरा छ भन्ने कुरा जहाँसम्म छ, राजावादीबाट यो व्यवस्थालाई तत्काल खतरा छैन । विप्लवका पछिल्ला गतिविधिलाई हामीले एउटा प्रतिकका रुपमा लिएका छैनौं । विप्लववादी भनेको विप्लव भन्ने व्यक्ति होइन । यहाँ कसैको व्यक्तिगत योग्यताको प्रश्न होइन । विप्लव कति चतुर छन् भन्ने पनि कुरा आउला, बाबुराम र प्रचण्डमा भएको चतुर्याइ उनमा छ कि छैन, मलाई थाहा छैन । तर उनमा नेतृत्वको गुण छ भने उनले पनि गर्न सक्दैनन् भन्ने छैन । विगतमा यो १२– १५ वर्षको अवधिमा भएको परिवर्तनहरुलाई हेरौं, मुख्य कुरा त्यसको प्रवेग  परिवर्तन हो । संसारका अरु देशमा वीसौं वर्षमा भएका परिवर्तन, सामानिक न्यायमा भएका परिवर्तन हामीकहाँ १२ वर्षमा भए । सामाजिक न्यायका नाराहरु आए, भौतिक उपलब्धिका सपना आए तर ती पूरा भएनन्, पूरा हुने दिशातिर अघि बढेनन्, बरु ज्यूँका त्यूँ छन् । सामाजिक न्यायका नाराहरु पनि पूरा भएनन् । वास्तवमा, हामीले के पायौँ भन्ने चेतना आयो तर स्थिति चाहिँ हामी पछाडितिर फर्केका छ ।

    अधिनायकवाद र तानाशाही पक्षधरहरुले खेल्ने यस्तै स्थितिमा हो ।

    राजा महेन्द्रले समेत यो  देशमा तानाशाही ल्याउन ‘अरु देशले सय वर्षमा नगरेको प्रगति हामीले १० वर्षमा गर्ने छौँ’ भनेर भाषण गरेका थिए । यो महेन्द्रको महाबाणी हो । त्यो परिवर्तनको प्रवेगले विकास खुम्चिएको, निसासिएको, कुल्छिएको स्थितिमा उनले गरेको चलखेल थियो । परिवर्तन त आयो, तर त्यो महेन्द्र राष्ट्रवादमा अड्कियो । हाम्रो मानसिकता पनि त्यो महेन्द्रवादी राष्ट्रवादमा फँसेको छ । नेपाली भनेको हामी हो भन्छौँ  तर दुईतिहाइ जनता त्यसबाट बन्चित छन् ।

    हामीले परिवर्तनको ठूलो सपना देखाइदिएका छौँ तर परिवर्तनको उपलब्धिबाट ठूलो जमात असन्तुष्ट छ । ती श्रमिक भएर विदेश गएका छन् । ती ४–५ वर्षपछि फर्केर यहीँ आउँछन् । यहाँ एउटा सपना छ, परिवर्तनको, उथलपुथलको । त्यो सपनाको कुरा गर्दा यहाँ अहिले विप्लवको कुरा जोडिन्छ । यो स्थितिमा उनले प्रस्तावित गरेको वा  समातेको बाटो असम्भव छ भनेर म भन्दिनँ । तर त्यो बाटो अत्यन्तै अप्ठेरो छ । त्यो बाटो भरखरै प्रयोग भइसकेको बाटो हो । तर साथसाथै प्रचण्डप्रति पैदा भएको अनास्थाले असन्तुष्टहरुको आकर्षण विप्लवमा सर्ने सम्भावना छ ।

    साँच्चै नै एउटा परिवर्तनमुखी आन्दोलन आउने हो र त्यसको सही तरिकाले नेतत्व गर्ने हो भने कति सजिलै मान्छे त्यसको पछाडि लाग्छन् भन्ने कुरा पटक पटक देखिएको छ । उदाहरणका लागि काठमाडौंबाट चुनाव लडेर सानो पार्टीका नेता रवीन्द्र मिश्रले वंशका आधारले पनि यहाँको स्थापित वरिष्ठ नेता गणेशमान सिंहको छोरा प्रकाशमानलाई आछुआछु पारेको,  युवा पिडी उनीहरुको पछाडि लागेको घटना नै पर्याप्त छ ।  मेयरको चुनावमा पनि त्यस्तै भयो । परिवर्तनको आशा र लहर कस्तो हुन्छ भने, उपहास र व्यंग्य गर्दा कहिले नानी मैयाले चुनाव लडे जस्तो हुन्छ, जनताले विजयी बनाइदिन्छ । रातोरात सत्तामा ल्याइदिन्छ । दिल्लीमा आप दललाई जिताइदिन्छ ।

    दुर्भाग्य चाहिँ के छ भने परिवर्तनको वितृष्णामा देखापरेको त्यो प्रवृत्तिविरुद्ध लड्ने वैचारिक दर्शन, नीति, कार्यक्रम र योजना हामीसँग छैन वा कमजोर अवस्थामा छ । त्यो सोच र दृष्टिकोण युवापिढीसँग छैन, राजनीति दलहरुसँग पनि छैन । विचरा प्रधानमन्त्रीसँग त हुने कुरै भएन ।

    ओली प्रचण्ड नयाँ कुरा हुनै सक्दैन 

    नयाँ पिढीसँग परिवर्तनको वैकल्पिक बाटाहरु रहन्छन्, हुँदैन भन्ने हैन । तर आफूलाई क्रान्तिप्रति प्रतिबद्ध ठान्ने प्रधानमन्त्रीले अरुको विचारलाई स्थान नै दिनु भएको छैन । अर्को महापात्र प्रचण्डले केही नयाँ गर्छ कि भन्ने थियो, त्यो पनि बाँकी रहेन  । ओलीसँग केही छैन भन्ने कुरा पहिले नै थाहा थियो ।  अरु नयाँ त के ल्याउँथे र ? प्रहरी, सेना, कर्मचारी र रोजगारीको सञ्चालनमा गतिलो काम गरेको भए पनि राम्रै हुन्थ्यो । बिचरा प्रचण्डले त जानेको भनेको पशुपतिको भट्ट हटाउन, सेनापति र राष्ट्रपति बिच्क्याउन मात्र रहेछ । उहाँ त एउटा परिर्वनपछि सत्तामा पुग्नु भएको थियो । तर ती झिनामसिना कुराहरुमा अल्झिनुभयो । जसकारण समाजवादी दर्शन, परिवर्तनको फल गुणात्मक रुपमा फट्को मारेर आम जनतामाझ पुगेको छैन ।

    प्रधानमन्त्री बन्न पाएर ओलीको व्यक्तिगत अभिष्ट पूरा भएको छ । अब ओलीले आफूलाई प्रश्न गर्नु पर्यो : यत्तिकै लागि प्रधानमन्त्री भएको हुँ त ? त्यस्तै अध्यक्ष प्रचण्डले प्रश्न गर्नु पर्यो ::यत्तिकै निम्ति थियो त परिवर्तन ? उत्तर त उहाँहरुबाट आउनुपर्यो नि ! विप्लवबाट त उत्तर आयो, यत्तिकै लागि थिएन भनेर ।  विप्लवले भने ‘नुवाकोटकी केटीलाई फकाएर बम्बई लगेर बेचे जस्तो’ भयो ।  प्रचण्डले भने ‘बम्बईमा बेचेको होइन, काठमाडौँ ल्याएको हो’ ।   तर के त्यो परिवर्तन काठमाडौंको सिंहदरबार छिर्नका लागि, एक थान घर बनाउन, गाडी चडाउनका लागि मात्रै ल्याएको हो ?

    क्रान्तिका आयाम र वैकल्पिक सोचको खडेरी

    वास्तवमा, क्रान्ति वा परिवर्तनका केही ठोस सामाजिक र आर्थिक आयामहरु थिए । मुखले त सामाजिक आयाम छ भनियो । त्यो के भन्दा संस्कृतिको श्लोकमा भनिए जस्तै सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया । तर त्यतिले मात्रै पुग्दैन । त्यो प्राप्तिको प्रक्रिया के हो ? मुख्य कुरा त्यो भनिदिनुपर्यो । राज्यका विभिन्न अवयवहरु छन्, राजकीय संस्थाहरु हुन्छन्, राज्यले काम गर्ने तरिकाहरु हुन्छन् । तिनलाई परिवर्तनको पक्षमा परिचालन गर्न उहाँहरुसँग वैकल्पिक सोच छ ? छैन । त्यो कुरामा आफूलाई कम्युनिष्ट र काँग्रेस भन्नेहरु पनि स्पष्ट छैन ।

    समाजवाद भनेको कुनै पनि हालतमा भौतिक परिवर्तन मात्र हुँदै होइन, आर्थिक परिवर्तन मात्र पनि हुँदै होइन । भौतिक परिवर्तन र आर्थिक परिवर्तनको पछि लाग्नुभयो भने झन् अँध्यारो कुवामा खसिन्छ, त्यो प्राप्त गर्न सकिँदै सकिन्न । नेपालका तीन करोड जनसंख्यालाई घरैपिच्छे गाडी दिनु हुन्छ ? त्यो गर्दा के हुन्छ ? त्यति गाडी धान्ने संसारमा पेट्रोल नै छैन । यत्रो यो भोगप्रधान जीवनशैली छ । त्यसैले हामीले त नयाँ किसिमबाट बाँच्ने तरिका बनाउनुपरेको छ । जसको केन्द्रमा मनुष्य हुन्छ, मनुष्यको आत्मसम्मान र पारिवारिक सम्मान हुन्छ । माक्र्स, लेनिन, गान्धी, माओ, लोहिया, बीपीलगायतका चिन्तकहरुको शिक्षाको सार पनि त्यही हो ।

    आजको जस्तो समाजको सपना वीपीले देखेका थिएनन्, उनले मोबाइल पनि देखेका थिएनन् । सोभियतसंघको पतन पनि देखेका थिएनन्, अमेरिकाको अहिलेको चकचकी पनि देखेका थिएनन् । त्यही भएर उहाँले बोलेको कुरा अक्षरशः समातेर हुँदैन । वीपीले भन्नुभयोः  पहिले मानिसलाई सुखी बनाऊ । मानिसलाई सुखी बनाउन तत्कालीन समयमा उहाँले भन्नुभयोः एउटा गाई, एक हल गोरु, थोरै जग्गा देऊ । त्यो त आज सम्भव नै छैन । देशमा त्यति जग्गा पनि बाँकी छैन । देशमा जनसंख्या पनि बढिसक्यो । हलो चलाएर खेती गर्न कोही चाहँदैन । गाईको दुध विक्दै विक्दैन । प्याकेटको दुधले जितिसक्यो । त्यसको अर्थ वीपीले भनेको गाईको दूध बिक्दै विक्दैन भनेर बस्ने पनि होइन ।


    मोहभंग भएको पिढी कता जान्छ ? सिके राउत पट्टी जान्छ वा विप्लवपट्टी जान्छ ? अहिल्यै भन्न सकिँदैन । त्यस्ता मोहभंग भएका पिढी कहिले काहीँ साम्प्रदायिकतातिर जान्छ, मैले अधिकार पाएन भनेर कतिपय चाहिँ जातीयतातिर जान्छ । तीमध्ये कतिपयको आकर्षण प्रतिगमनकारी विचारधारा बोक्ने र चलखेल गर्नेहरुतिर मोडिने सम्भावना पनि रहन्छ । हेक्का राख्नैपर्ने कुरा के हो भने,  समाजवादी क्रान्ति विफल भयो भने अनिवार्यतः प्रतिक्रियावादको उदय हुन्छ ।

    माक्र्सले बारम्बार भनेका थिएः पूँजीवादले ल्याएको सबैभन्दा ठूलो समस्या भनेको यसले मनिसलाई बिक्रीको वस्तु बनाइदियो । विचार पैसामा लिलामी हुने स्थिति ल्यायो । यसका विरुद्ध हामी काँग्रेस र कम्युनिष्टले केही गर्ने तत्परता देखाउन सक्नुपथ्र्यो । १० हजार कम खाएर भएपनि विचारमा अडिग रहने वातावरण बनाउनु पथ्र्यो । हामी परिवर्तनका पक्षधरहरुले त्यसैमा प्रहार गर्दै आफ्नो जिन्दगी बदल्न तत्पर हुनुपथ्र्यो । तर त्यसो हुन सकेको छैन ।

    बीपीले प्रधानमन्त्री भएको भोलिपल्ट नै भन्नुभयोः पहिले मेरो तलब पाँच सय घटाउ ।   उहाँले तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय नै गराउनु भएको थियो ।  त्यतिगरेपछि वीपीले मैले पनि पाँच सय घटाएँ, तपाइँ पनि पाँच सय रुपयाँ घटाउनु होस् भन्ने नैतिक भौतिक आत्मबल पाउनुभयो । तर अहिले स्थिति ठीक विपरीत छ । सबैलाई आफ्नो सुविधा बढाउने ध्याउन्न र चिन्ता छ ।  आफू प्रधानमन्त्री भएको भोलिपल्ट सुविधा बढाउने, अगाडि गाडी पछाडि गाडी, तल साइरन, माथि साइरनमा सवार गर्ने चिन्तन र संस्कृति बोकेपछि अनि  अरुलाइ त्याग गर भनेर भन्न सक्ने आधार कसरी बाँकी रहन्छ  ? हिजो जंगलमा कष्टकर जिन्दगी जिउने नेताहरुका अघिपछि कतिवटा गाडीको लर्का छ ? त्यसले दिने सन्देश के हो ?

    गाडीको चर्चा गर्दा त्यसका पनि दुई पहलु छन् । गाडीको खर्चपर्च र विलासिता एक ठाउँमा छ । तर त्यसले कस्तो समाज बनाउँछ ? प्रदूषणयुक्त समाज, च्यातिएको सडक, भ्रष्टाचारको चरम सीमा, त्यो कुरा र समाजवादको सपना एकै ठाउँमा अटाउनै सक्दैन ।

    त्यसैले समाजवादको सपना दास क्यापिटल मात्र होइन,  माओले सिकाएको सिद्धान्त मात्र होइन, लोकतन्त्र मात्र होइन, गान्धीले देखेको हिंसारहित समाज मात्र होइन । मुख्य कुरा ती सिद्धान्तहरुले देखाएका नैतिक बाटोमा तपाईले एक वेग पनि हिँड्ने आँट देखाउनु भएको छ कि छैन भन्ने नै हो । समाजवादी सिद्धान्तको खोक्रो राग अलाप्नुभन्दा पनि सदाचार जीवन शैलीलाई आत्मसात गर्ने कुरा पनि हो । भन्ने बेलामा समाजवादी हु भन्ने, कुरा समाजवादी गर्ने तर आचरण चाहिँ चरम स्वार्थमा जेलिएको व्यक्तिवादी देखाउने ?  प्रत्येक शासकले त्यस्तो जीवनशैली अपनाए, जसमा कतै पनि सादगी र समानता छैन ।

    मैले लोकतन्त्रमाथि सबैभन्दा ठूलो खतरा त यहाँबाट देखिरहेको छु ।

    जनतामा सन्देहवाद पैदा हुने खतरा

    माओवादी क्रान्ति जंगल बस्नेहरुले मात्र गरेका थिएनन् माओवादी क्रान्तिमा थुप्रै मानिसहरु सहर बसेर पनि काम गरेरै पनि जेल गएका थिए । त्यो केका लागि ? जनवादको लागि ।  यस्तै काँग्रेसमा मान्छे समाजवादका लागि आए । त्यति बेला जनतामा आकाशिएको आकांक्षाको अझै सम्बोधन भएको छैन, झन् प्रखर रुपमा त्यो यथावत छ ।

    विडम्बनाको कुरा चाहिँ के छ भने शासन शैली परिवर्तनका पक्षमा रहेका जनआकांक्षालाई सम्बोधन गर्ने खालका हैन, पुरानै ढर्राको छ । परिवर्तनपछि शासनसत्तामा स्थापित शासक वर्गको तामझाम र शैली राजामहाराजा जस्तै छ । समग्र राज्यका अवयवहरु पनि यथास्थितिवादी ढाँचाढर्रामा छ । परिवर्तनको यत्रो चरणबाट मुलुक अघिबढिसक्दा पनि सिडिओको र प्रहरीको उस्तै दबाब छ,  न्यायालयमा न्याय पाउनै गाह्रो छ । आधारभूत रुपमा केही पनि बदलिएको छैन भन्ने अनुभूति जनताका ठूलो हिस्साले गरिरहेका छन् । त्यही भएर युवा पिढीमा यो व्यवस्थाप्रति मोह भंग बढेको स्थिति छ ।

    मोहभंग भएको पिढी कता जान्छ ? सिके राउत पट्टी जान्छ वा विप्लवपट्टी जान्छ ? अहिल्यै भन्न सकिँदैन । त्यस्ता मोहभंग भएका पिढी कहिले काहीँ साम्प्रदायिकतातिर जान्छ, मैले अधिकार पाएन भनेर कतिपय चाहिँ जातीयतातिर जान्छ । तीमध्ये कतिपयको आकर्षण प्रतिगमनकारी विचारधारा बोक्ने र चलखेल गर्नेहरुतिर मोडिने सम्भावना पनि रहन्छ । हेक्का राख्नैपर्ने कुरा के हो भने,  समाजवादी क्रान्ति विफल भयो भने अनिवार्यतः प्रतिक्रियावादको उदय हुन्छ ।

    यो स्थितिबीच युवा पिढीले गैरजिम्मेवारीपूर्ण क्रियाकलाप गर्लान्,  माथिल्लो प्रौढ पिढी वा ४० वर्ष उम्मेर कटेकाहरु उत्ताउलो काम गर्नु नजालान्, विप्लव पट्टी नजालान्,  आतंकवाद पट्टी नजालान् र जातियता पट्टी पनि नजालान् तर तिनमा अच्चम खालको सन्देहवाद, अविश्वास पैदा हुने खतरा रहन्छ । उनीहरु ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने अवस्थामा पुग्ने सम्भावना पैदा हुन्छ । त्यो स्थितिमा मोहभंग भएका जमातले कसैलाई पनि नपत्याउने र भोलि सैनिक कु हुँदा पनि उनीहरुमा ठीकै भयो भन्ने हदसम्मको उदासिनता देखिने खतरा छ ।

    राजनीतिज्ञ र राजनीतिप्रति पैदा भइरहेको वितृष्णा र उदासिनताका बीच भोलि ‘चिलले चल्ला टिपे जस्तै’ एउटा तानाशाह वा देशी विदेशीले कसैलाई उचालेर कु गर्दा  पनि जनता सडकमा नआइदिने खतरा रहन्छ । त्यसैले राष्ट्रपतिले, प्रधानमन्त्रीले र प्रतिपक्षका नेताले के बुझ्नु पर्छ भने जनतामा लोकप्रियता क्षिण हुँदै गयो भने पूर्व, पश्चिम, उत्तर, दक्षिण वा आकाशबाट ब्रज्रपात भए जस्तै उल्कापात हुने सम्भावना र खतराले जन्म लिन सक्छ । अहिले योभन्दा बढी आशंकाका आधारमा बोल्ने अवस्था छैन । प्रधानमन्त्रीले बुझेर बोल्नु भएको हो भने गणतन्त्रको सुरक्षा र स्थिरताका लागि सच्चिने दिशातर्फ उन्मुख हुनु जरुरी छ ।